कोरोनाभाइरस: हङकङमा क्रुजमा फसेकाहरू परीक्षणपछि बाहिर निस्कन पाए

जनपत्र
२७ माघ २०७६, सोमबार ०६:४५

हङकङमा चार दिनसम्म क्रुजमा फसेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्कन अनुमति दिइएको छ। केही कर्मचारीहरूबाट उक्त भाइरस यसअघिको क्रुजमा सरेको हुनसक्ने आशङ्कामाझ वर्ल्ड ड्रिम क्रुजका करिब तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको छ। चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।

यो सङ्ख्या यसअघि स्वासप्रश्वासमै समस्या देखिने सार्सले मारेको मानिसहरूको भन्दा बढी हो। सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको ज्यान गएको थियो।

क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै सात सय ८० जनाको ज्यान गइसकेको छ। त्यस्तै विश्वभर संक्रमित हुनेको सङ्ख्या ३४ हजार ८ सय भन्दा बढी पुगेकामा धेरैजसो भने चीनकै छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*