कोरोना भाइरसका कारण ८०३ जनाको मृत्यु, ३४ हजारभन्दा संक्रमित

जनपत्र
२६ माघ २०७६, आईतवार ०८:०३

चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८०३ नाघेको छ भने ३४,४१२ जना संक्रमित भएका छन् । मृत्यु हुने ८०३ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ ।

संक्रमितहरुको उपचारका लागि चीन सरकारले १००० सैयाँको हस्पिटल निर्माण गरी सोमबारदेखि सेवा दिएको बताइएको छ । त्यस्तै नयाँ हस्पिटलहरु निर्माणका लागि चीन सरकारले राति दिन कर्मचारीहरु खटाइरहेको छ । त्यस्तै चीनमा एक दिनमा नै २ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ ।

यो संख्या अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*