चीनबाट नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस (भिडियोसहित)
कोरोना भाइरसको प्रकोप फैलिरहेको चीनमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई जतिसक्दो चाँडो घर फर्काउन अपिल गरेका छन् । चीनको बुहानमा रहेको मिन्जु युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले उद्दारका लागि सामुहिक आग्रह गरेका हुन् ।
उनीहरुले सामूहिक भिडियो सन्देश जारी गर्दै उद्दारका लागि नेपाल सरकारसमक्ष यस्तो अपिल गरेका हुन् । आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा बसिरहेको भन्दै उनीहरुले खानपिउन पनि समस्या भएको बताएका छन् ।‘हाम्रा बाबु-आमा, घरपरिवार पनि निकै चिन्तित भएका छन्’, उनीहरुले भनेका छन् । ‘हामी पनि खानपिनको समस्याले निकै तनावमा छौं जतिसक्दो चाँडो उद्दार गरियोस् ।’
उनीहरुले आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा स्वस्थ रहेका बताएका छन् । उनहरुले आफूहरुलाई कोरोना भाइरसको संक्रमण नभएको भन्दै यथासक्य चाँडो उद्धारको माग गरेका छन् । उनीहरुले भनेका छन्,’ढुक्क हुनुस् हामी तपाईहरुलाई रोग सार्दैनौं।’
सरकारले १ सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने भनेपनि अहिलेसम्म उद्दार गरेको छैन । उनीहरुलाई ल्याउनका लागि नेपाल सरकारले तयारी गरे पनि राख्ने ठाउँको निर्क्योल नहुँदा ल्याउन सकेको छैन ।
चीनमा रहेका नेपाली विद्यार्थीको गुहार हेर्नुस् भिडियोमा
https://www.facebook.com/dipak.lama.524/videos/1763061453828194/






