काेराेना भाइरस : विश्वव्यापी रुपमा भाइरसकाे सङ्क्रमण राेक्ने अवसर– विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले नयाँ कोरोना भाइरस विश्वव्यापी रुपमा भाइरसको सङ्क्रमण रोक्न एउटा अवसर भएको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानम घब्रेयसियसले चीनले कोरोना सुरु भएको ठाउँमा भाइरससँग लड्न गरेको प्रयास सराहनीय भएको समेत बताएका छन् ।
महानिर्देशक टेड्रोसले यस्ता प्रयासबाट नयाँ जानकारीहरु प्राप्त भएको र अब हुने नयाँ सङ्क्रमण रोक्न यो एउटा अवसर भएको जानकारी दिए । सङ्क्रमण रोक्न प्रभावकारी काम नगरेको भन्दै चीनमै सरकारको आलोचना भैरहेको बेला डब्ल्यूएचओले भने प्रयासहरुको प्रशंसा गरेको हो ।
कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।