कोरोना भाइरसविरुद्धको खोपको आविष्कारमा यी वैज्ञानिक, राति २ घन्टा मात्र सुत्छिन्

जनपत्र
२१ माघ २०७६, मंगलवार ०६:४९

हिलो पटक चीनमा देखा परेको कोरोना भाइरस अहिले विश्वको टाउको दुखाइको विषय बनेको छ। यो भाइरसको संक्रमण विश्वका अन्य देशमा पनि फैलिरहेको छ। तर, विडम्बना यो भाइरसविरुद्धको खोप आविष्कार भइसकेको छैन।

चीनसहित विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको खोपको आविष्कारमा लागेका छन्। तीमध्येकी एक हुन् स्कटल्यान्डकी वैज्ञानिक डा। केट ब्रोडरिक। कोरोना भाइरसबाट बचाउन खोपको आविष्कारमा जुटेकी उनी दिनरात काम गरिरहेकी छन्। द टाइम्सको रिपोर्ट अनुसार ब्रोडरिक अचेल राति मात्र २ घन्टा सुत्न थालेकी छन्।

ब्रोडरिक करीब २० वर्षदेखि खतरनाक विरामीबाट बचाउने खोपको आविष्कारको काम गर्दै आएकी छन्। उनी इबोला, जीका जस्ता विरामी रोक्न औषधि बनाउन सफल भएकी थिइन्। डा। ब्रोडरिकलाई लाग्छ कि ‘ममाथि यो जिम्मेवारी आएको छ, चाँडो पूरा गर्नुपर्नेछ।ु उनी हाल आफूले आविष्कार गरेको खोप मुसा र संगुरमाथि परीक्षण गरिरहेकी छन्।अब जसरी पनि कोरोना भाइरसबाट बच्न खोप तयार गर्ने उनले बताएकी छन्।

अमेरिकाको यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्ने डा। ब्रोडरिकसँग अनुसन्धानका लागि एउटा टीम छ। उनले यो अनुसन्धानको क्रममा आफू औसतमा राति २ घन्टामात्र सुतिरहेको बताएकी छन्। (एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*