कोरोना भाइरस उत्पत्तिस्थल चीनको वुहानमा बनाइँदै रातारात यस्ताे अस्पताल

जनपत्र
११ माघ २०७६, शनिबार ०७:३४

चीनले नयाँ कोरोना भाइरस प्रभावितको उपचारका लागि तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ। भाइरस उत्पत्ति भएको वुहानमा सय शय्याको अस्तपाल भवन निर्माण भइरहेको हो। आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ।

अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित होलिडे कम्प्लेक्समा निर्माण भइरहेको स्थानीय चाङझियाङ दैनिक पत्रिकाले शुक्रबार लेखेको छ। अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवन हुने उसले जनाएको छ भनेर आजको कान्तिपुरले खबर छापेको छ। २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ।

३५ डिगर र १० बुलडोजरसहित भवन निर्माणमा अन्य सैयौं मेसिन बिहीबार राति नै निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ। शुक्रबारसम्ममा नयाँ भाइरसका कारण २६ जनाको मृत्यु भएको र ८ सयभन्दा बढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*