टर्कीमा भूकम्प जाँदा १५ जनाको मृत्यु, ५०० बढी घाइते

टर्कीमा भूकम्प जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा मानिसहरु घाइते भएका छन् । टर्कीको इलाजिग प्रान्तको सिभरिस सहरमा शुक्रबार साँझ ९स्थानीय समय० ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रारम्भिक रिपोर्टका अनुसार करिब ४० सेकेण्डसम्म जमिन हल्लिएको थियो ।
उक्त भूकम्पमा परी १० वटा बिल्डिङहरु भत्किएको टर्किश गृहमन्त्री सुलीमाम सोल्युले जानकारी दिएका छन् । उनका अनुसार इलाजिग प्रान्तमा १० जनाको मृत्यु भएको छ भने पाँच जनाको मालात्या प्रान्तमा मृत्यु भएको छ । टर्किको आईएचए ब्रोडकास्टिङ सर्भिसका अनुसार आपतकालिन उद्धार टोलीले घाइतेको उपचारका लागि लगेको थियो । भवनहरुमा पुरिएर ३० जना अझै बेपत्ता छन् ।
उनीहरुको खोजी र उद्धार कार्य भइरहेको जनाइएको छ । विपद् तथा आपतकाल व्यवस्थापनका प्रमुखका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । सीएनएन