मकवानपुरका पाँच वटा स्थानीय तहका जनप्रतिनिधिसंग अभिमुखीकरण

हेटौंडा । दुईदिने अभिमुखीकरण कार्यक्रमको हेटौंडामा समापन गरिएको छ । नारी सीप सृजना केन्द्रको आयोजना तथा अक्स्फाम नेपालको साझेदारीतामा “उनिको आवाज सुनौ” परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो । कार्यक्रममा मकवानपुरका पाँच वटा स्थानीयतहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका, गढि, मनहरि, भिमफेदी र बकैया गाउँपालिकाका २० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो जनप्रतिनिधि पुरुष वडा सदस्यहरु संग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धि दुई दिवसिय अधिमुखिकरण कार्यक्रम भएको हो ।
नारी सीप सृजना केन्द्रका सचिव कल्पना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । लैङ्गिक समानताको लागी महिलाहरुलाई सशक्त र अधिकारको प्रत्याभुत गर्न सक्ने र अवसर तथा पहुँचमा पु¥याउनको लागि पुरुषहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुने सहयोगी भुमीकाले महिला सशक्तिकरणमा थप सहयोग हुने उद्देश्यले सम्पन्न गरीएको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ संजोग ठकुरीले सहजिकरण गर्नुभएको थियो ।