बाल हक्कीमा मकवानपुर प्रथम

जनपत्र
७ माघ २०७६, मंगलवार १६:२२

हेटौंडा । काठमाण्डौमा भएको प्रथम ईन्डो नेपाल बल हक्की प्रतियोगितामा नेपाल रातोका तर्फबाट मकवानपुरे खेलाडीहरु विजयी भएका छन् । तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा नेपाल र भारतका तर्फकाट २-२ पुरुष र २-२ महिला टीमको सहभागिता थियो । प्रतियोगितामा पुरुष तर्फ नेपाल रातो प्रथम भएको छ भने महिला द्धितीय भएको प्रशिक्षक मनोज शर्माले जानकारी दिएका छन् ।

रातो टीमका गोलकिपर मकवानपुरे खेलाडी विशाल कार्कीले वेष्ठ प्लेयर र निकिता वस्नेतले महिला उदयमान खेलाडीको उपाधि प्राप्त गरेका छन् । प्रथम हुने टीमले यसै वर्ष भारतमा हुने एशियन बल हक्की प्रतियोगितामा सहभागि हुन पाउने प्रशिक्षक शर्माले बताएका छन् । बल हक्की टीममा ६जना खेलाडी खेलिन्छ ।

मकवानपुरबाट पुरुष तर्फ विशाल कार्की,राजुअधिकारी,निराजन ढुंगाना,समिर घिमिरे, पुरन सुवेदी, विम्जन घिमिरे र महिला तर्फ निकीता वस्नेता,विन्दा बल तामाङ,सवी तामाङ,ईना लामा,कमला रुम्वा र सायारा राजवाहक सहभागि थिए । प्रतियोगिता माघ ६गते सम्मपन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*