प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले विराटनगरमा भोलि एकीकृत जाँच केन्द्र स्थापना गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रुपमा जोगबनी(विराटनगरमा रहेको एकीकृत जाँच केन्द्रको उद्घाटन गर्नेछन्। भारतीय सहयोगमा द्विदेशीय व्यापार र आवतजावत सहज पार्न उक्त केन्द्रको निर्माण भएको हो।
यसअघि भारतको रक्सौल र नेपालको वीरगञ्जमा सन् २०१८ मा नेपाल-भारत एकीकृत जाँच केन्द्रको स्थापना भएको थियो।प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले भारत सरकारले नेपालमा बनाइदिएका पुनर्निर्माण परियोजनाहरुको अवलोकन समेत गर्ने भारतीय प्रधानमन्त्री कार्यालयले गरेको ट्विटमा उल्लेख छ। भारतले नेपालका गोर्खा र नुवाकोटलगायतका क्षैत्रमा ५० हजारवटा घर बनाउने प्रतिबद्धता जनाएको थियो जसमध्ये ४५ हजार घर निर्माण सकिइसकेको पनि भारतीय प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ।