आतंकवादविरुद्ध भारत अमेरिकाकै शैलीमा लाग्ने !

जनपत्र
५ माघ २०७६, आईतवार ०७:३१

भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतले अमेरिकाले सेप्टेम्बर ११ को घटनापछि आतंकवाद विरुद्ध थालेको लडाइँकै शैलीमा भारतले पनि काम शुरु गर्नुपर्ने बेला भएको बताएका छन् ।

रायसीना डायलग कार्यक्रमलाई विहीबार नयाँ दिल्लीमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले देशलाई कट्टपन्थीबाट मुक्ति दिलाउने शिविर ९डी रेडिकलाइजेन क्याम्प० चलाउन लागिएको समेत उल्लेख गरेका छन् ।

भारतीय सेनाको कुनै शीर्ष अधिकारीले यसखालको धारणा राखेको यो पहिलो पटक हो । उनले भनेका छन्,‘‘काश्मीरमा १०–१२ वर्षका केटाकेटीलाई कट्टरपन्थी बनाइएको छ । ती बच्चालाई पनि शिविरमा लग्ने अवस्था आउनु चिन्ताको विषय हो । ’’

उनले थपेका छन्, ‘‘आतंकवादविरुद्धमा भारतले त्यस्तै कदम चाल्नुपर्छ जस्तो कदम सेप्टेम्बर ११ को घटनापछि अमेरिकाले चालेको थियो ।’’एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*