८ करोड जनतामा केबल १७ जना मात्र गरिब रहेको चिनियाँ प्रदेशको दाबी

एक चिनियाँ प्रदेशले आफ्नो क्षेत्रका ८ करोड जनसङ्ख्यामा केबल १७ जना मात्र गरिबीमा बाँचिरहेको जनाएको छ । पूर्वी प्रदेश जिआङसुका अनुसार अहिले त्यहाँ वार्षिक ६ हजार युआन अर्थात ८६३ डलर भन्दा थोरै कमाइ भएका एकदम थोरै मानिस मात्र छन् जसले सो प्रदेशको गरिबी निवारण अभियान सफल बनाएको दाबी गरिएको छ ।
तर सो तथ्याङ्क सार्वजनिक भएलगत्तै यसबारे शंका व्यक्त गर्दै, “मलाई विश्वास लागेन, के त्यो प्रदेशमा कोही बेरोजगार छैनन् रु कुनै माग्ने पनि छैनन् र रु ” भन्नेजस्ता प्रतिक्रिया दिइएको छ । गरिबी हटाउनु चिनियाँ सरकारको सबैभन्दा प्रमुख एजेन्डा रहँदै आएको छ । जिआङसु प्रदेश आर्थिक हिसाबले चीनको दोस्रो सबैभन्दा सप्मन्न प्रदेशमा पर्दछ ।
२०१९ को सबैभन्दा पछिल्लो डाटाले विगत चार वर्षमा त्यहाँका २५ लाख बढी मानिसहरुलाई गरिबीबाट बाहिर निकालिएको उल्लेख गरिएको छ । यसरी २०२० का लागि सो प्रदेशले लक्षित गरेको नतिजा प्राप्त गर्न सफल भएको पनि बताएको हो । यसमा अझै गरिबीको सामना गरिरहेका बाँकी १७ जना पनि काम गरेर खान सक्षम रहेको सरकारी निकायले चिनियाँ राष्ट्रिय संचारसँग बताएको छ । तीमध्ये चारजना भने रोगी रहेको उनीहरुले बताए ।
यसरी चीनको आर्थिक वृद्धि अहिले अत्यन्तै सुस्त अवस्थामा भएपनि अझै वार्षिक ६ प्रतिशतले बढिरहेको छ । तर देश धनी बन्दै गए पनि जिआङसु लगायतका केही प्रदेशमा सञ्चालित गरिबी निवारण अभियानको सफलाताबारे पूर्ण रुपमा विस्वस्त हुन सकिएको छैन । यो घटनाबारे जानकारी बाहिर आएसँगै सामाजिक संजाल वेइबोमा एकजना नागरिकले कमेन्ट गरेका छन्, “उनीहरु कसरी यसबारे त्यति सटिक भएर भन्न सक्छन् ? ”
अघिल्लो दशकमा चीनको अर्थतन्त्रले अधिक ठूलो रुप लिइसकेको भएपनि देशबाट गरिबी अझै हराउन सकेको छैन र आर्थिक असमानता झन बढेको गुनासो रहेको छ । अत्याधिक गरिबीका व्यक्तिगत कथाले अझैपनि देशलाई बेलाबेलामा ठूलो झट्का दिने गरेको छ । २०१९ मा दक्षिण पश्चिमस्थित एक विद्यार्थी विगत पाँच वर्षदेखि एकदिनको ०।३० डलर अर्थात केबल २ युआनमा गुजारा गर्दैगर्दा अस्पताल भर्ना हुनुपरेको खबर चर्चामा आएपछि देशभरका शुभेच्छुकहरुले उनलाई झन्डै १० लाख युआन सहयोग गरेका थिए ।
त्यस्तै २०१८ मा पनि एउटा सानो बालक हिउँ र चिसोका कारण जमेको कपाल लिएर दैनिक घण्टौँ हिँडेर स्कुल गइरहेको घटना भाइरल भएको थियो । त्यसबेला उनलाई ‘लिटल वाङ’ भन्ने शिर्षक दिइएको उनलाई अन्तराष्ट्रिय सहयोगको ओइरो लागेको थियो । तिनको परिवारको दयनीय अवस्था देखेर पूरै विश्व चकित भएको थियो ।
यसरी गरिबीको परिभाषा चीनका सबै प्रदेशका लागि अलग अलग तय गरिएको छ । यसमा २,३०० युआन अर्थात वार्षिक ३३१ डलरको कमाइ सबैभन्दा बढी अपनाइएको राष्ट्रिय स्तर हो । यस अन्तर्गत २०१७ मा चीनभरका ३ करोड मानिस गरिबीको सीमा मुनि रहेको पाइएको थियो । तर धेरै प्रदेशहरुले अहिले जिआङसुको ६ हजार युआन जसरी नै गरिबी निर्धारण गर्ने वार्षिक आम्दानीको दर बढाएका छन् । विश्वबैंकले प्रति दिन १।९० डलरलाई अन्तर्राष्ट्रिय गरिबी रेखा भनेर परिभाषित गरेको छ । यस्तोमा चीनको ६ हजार युआन २।४० डलर हुन्छ ।
१९९० को दशकमा विश्व अर्थतन्त्रमा समावेश भएदेखि चीनले गरिबीको दर घट्दै गएको मात्र देखेको छ जसलाई सरकारले २०२० सम्ममा पूर्ण रुपमा हटाउने अपेक्षा गरेको हो । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार २०१८ को प्रतिव्यक्ति औसत आम्दानी २८ हजार युआन ९४,०५९ डलर० रहेको थियो । यसमा सहरी क्षेत्रको कमाइ ३९ हजार युआन र ग्रामीण क्षेत्रको चाहिँ झन्डै १५ हजार युआन रहेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले २०१८ को रिपोर्टमा उल्लेख गरे अनुसार चीन १९९० मा आर्थिक रुपले मध्यम असमान देशबाट अहिले विश्वकै सबैभन्दा असमान मुलुक बनिसकेको छ । बिबिसी