इरानद्वारा इराकस्थित अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:५४

पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा  इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार गरेको हो । यो आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् ।

इरानको सरकारी टेलिभिजन च्यानल प्रेस टिभीका अनुसार इरानले अमेरिकी सेनाको इराकस्थित बेस क्याम्पमा मोर्टार बम ९मिसाइल० प्रहार गरेको हो । इरानी गार्डहरूले भन्दै आएका छन् कि उनीहरूको जनवरी८ को आक्रमण अमेरिकी सैनिकलाई मार्नको लागि थिएन । तथापि, अहिले यो कुरा स्पष्ट भएको छ, इरानको अमेरिकाबिरूद्धको दृष्टिकोण अहिलेसम्म परिवर्तन भएको छैन र उ आक्रामक रणनीति नै अख्तियार गरिरहेको छ ।

यद्यपि,अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ । तर दुई देश बीचको सम्बन्ध सामान्य हुन नसक्ने अवस्थामा पुगेको देखिन्छ। यस्तो अवस्थामा दुई देशबीचको तनाव अझ बढ्न सक्ने संकेत देखिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अघिल्लो हप्ता अमेरिकी सेनाको आक्रमणमा इरानी सेनाका कमाण्डर सुलेमानीको हत्या भएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*