अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै, प्रधानमन्त्रीले मागे माफी

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:४३

दक्षिण–पूर्वी अस्ट्रेलियाको आकाशको रङ्ग पूर्णरुपमा रातो देखिएको छ । आगलागीका कारण अस्ट्रेलियामा नयाँ वर्षको सुरुवात चिन्ताबाट सुरु भएको छ । यद्यपि यहाँको झाडीनुमा जङ्गलमा गएको वर्षको सेप्टेम्बरमा आगो लागेको थियो तर अहिलेसम्म पनि आगोले रोकिने सङ्केत देखाएको छैन ।

आगलागीबाट अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेका छन् । जति ठूलो डेनमार्कको भाग छ, त्योभन्दा ठूलो अस्ट्रेलियाको भाग आगोको चपेटामा परेको छ । कम्तीमा दुई हजार घर जलेर नष्ट भएका छन्, झण्डै ५० करोड जनावर र पशुपंक्षी जलिसके । अवस्था अझै नाजुक हुनसक्ने आशङ्का व्यक्त गरिएको छ ।तापक्रमले सबै रेकर्ड तोडेको छ, सुख्खा जङ्गल र तीव्र गतिको हावाको कारण आगो झन् भयावह भएको छ । यो महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो ।

आइतबार प्रधानमन्त्री मोरिसनले भने, ‘जमिनस्तरमा केही चीज राम्रो तरिकाबाट सम्हाल्न सकिन्थ्यो ।’ पछिल्लो केही हप्ता न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा आगो प्रभावित इलाकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोरिसनले विरोधको सामना गरिरहेका छन् । यसैका कारण उनले आफ्नो भ्रमण रद्द गरेका छन् । यी दुई राज्य आगलागीबाट बढी प्रभावित भएका छन् ।

प्रधानमन्त्री मोरिसन न्यु साउथ वेल्स्को कोबार्गो शहर पुग्दा एक महिलाले फायर सर्भिसको लागि अरु संशाधन माग्न थालिन् । केही व्यक्तिले प्रधानमन्त्रीलाई ‘मूर्ख’ भन्दै ‘तिमीले यहाँबाट भोट पाउने छैनौँ’ भने । एबीसीसँगको एक टेलिभिजन अन्तर्वार्तामा मोरिसनले भने, ‘यो संवेनदशील परिस्थिति हो, यो भावनात्मक परिस्थितिसँग जोडिएको छ । प्रधानमन्त्रीलाई पनि मानिसहरुसँग भेट्दा भावना र कमजोरीको आभास हुन्छ ।’ केही मेहिनाअघि उनी छुट्टी मनाउनका लागि विदेश पुग्दा पनि निकै आलोचना र विरोधको सामना गर्नु परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*