चीनका स्कुलमा विदेशी शिक्षण सामग्री प्रतिबन्ध

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:२८

चीनले आफ्ना सबै प्राथमिक र माध्यमिक तहका विद्यालयमा विदेशी सामग्रीमाथि प्रतिबन्धको घोषणा गरेको छ । यस अन्तर्गत पाठ्यपुस्तक र क्लासिक नोभल अर्थात् उपन्यास लगायतका सामग्री निषेध गरिएको हो । विज्ञहरुले चिनियाँ सरकारको यस कदमलाई देशभरका विद्यार्थीको विचारधारा नियन्त्रण गर्ने प्रयास भनेका छन् ।

मंगलबार चीनको शिक्षा मन्त्रालयले सार्वजानिक गरेको मार्ग निर्देशन पत्रमा सबै कक्षाकोठामा ‘मार्कसिजम’ र चिनियाँ शैली अपनाउने किसिमका सिद्धान्तमा जोड दिन भनिएको हो । यसका साथै प्राथमिक र माध्यमिक तहका शिक्षण सामग्री चाहिँ देश र पार्टीको हित झल्काउने किसिमको हुनुपर्ने बताइएको छ । उक्त नोटिसमा लेखिए अनुसार विद्यार्थीहरुलाईै चिनियाँ राष्ट्रको नयाँ पीढिीको ठूलो जिम्मेवारी गहन गर्न सक्षम बनाउनका लागि यस्तो नीति लागू गरिएको हो ।

यो नियमको अपवादका रुपमा सिनियर हाइ स्कुल मात्र रहेको बताइएको छ जसले विदेशी शिक्षा संस्थाहरुसँग संयुक्त कक्षा सञ्चालन गर्न सक्छन् । यसका साथै शिक्षा मन्त्रालयले अध्ययनका सबै सामग्री प्रणालीमाथिको निगरानी कडा गरिने पनि बताएको हो र यसबीच राजनीतिक दिशा वा मूल्य अभिमुखीकरणको समस्या देखा परेमा स्वीकृत नहुने बताएको छ । यस नयाँ नीति अन्र्तगत दृढ विचारधारायुक्त सिद्धान्त भएका राष्ट्रिय सार्वभौमिकता वा धर्म समावेश गरिएका शिक्षा सामग्री स्कुललाई सिधै लेखेर वितरण गरिने बताइएको छ ।

राष्ट्रिय पाठ्यपुस्तक समितिका प्रवक्ताले यसबारे पिपुल्स डेलीसँग कुरा गर्दै सो प्रतिबन्ध शिक्षा प्रणालीमा कम्युनिस्ट पार्टीको प्रभाव सुदृढिकरण गर्ने उद्देश्यले लागू गरिएको बताएका हुन् ।

उनले थप भने, “हाम्रो आगामी कदम भनेको चिनियाँ दर्शनको शिक्षालाई अझ व्यवस्थित बनाउनु र मार्कसिस्ट सिद्धान्त सम्बन्धी अनुसन्धानका लागि अझ तिव्र रुपमा शिक्षण सामग्रीलाई बढावा दिनु रहेको छ । ” चिनियाँ मस्तिष्कलाई बाहिरी प्रभावबाट टाढा राख्ने अधिकतम प्रयास अन्र्तगत यसो गरिएको चाइनिज युनिभर्सिटी अफ हङकङका प्रोफेसर विली लामले सिएनएनसँग बताए ।

– सिएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*