भारतलाई टि ट्वान्टी सिरिज

जनपत्र
२६ पुष २०७६, शनिबार ०६:०५

श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २(० ले जितेको छ । शुक्रबार राती तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनको फराकिलो अन्तरले हराउँदै भारतले टि ट्वान्टी सिरिज जितेको हो ।

भारतले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५।५ ओभरमा १ सय २३ रनमा अल आउट भयो । श्रीलंकाका लागि धनञ्जय डी शिल्भाले ३६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । उनलाई नवदीप सैनीले १६ औं ओभरको तेस्रो बलमा जसप्रित बुमराहबाट क्याच गराए ।

अनुभवी खेलाडी एन्जिलो म्याथ्यु २० बलमा ३ छक्का र १ चौका सहित ३१ रनको जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन नजोडी पेभिलिएन फर्के । भारतका युवा तीब्र गतिका बलर नवदीप सैनीले ३।५ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । वाशिन्टन सुन्दर र शार्दुल ठाकुरले २(२ विकेट लिए । जसप्रित बुमराहको नाममा १ विकेट रह्यो ।

त्यअघि पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । भारतका ओपनर लोकेश राहुलले ५४ र शिखर धवनले ५२ रनको अर्ध शतकीय इनिङ खेले । लोकेशले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । शिखर धवनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै राम्रो सुरुवात दिलाए । पहिलो विकेटका लागि धवन र राहुलले १०।५ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

विकेटकीपर सञ्जु स्यासन ६, श्रेयस ऐर ४, वाशिन्टन सुन्दर शून्यमा आउट भए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का सहित २६ रनमा रन आउट भए । मनिष पान्डे १८ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे ।

शार्दुल ठाकुर ८ बलमा २ छक्का र १ चौका सहित २२ रनमा अविजित रहे । संदकनकाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमरा र वानिन्दु हसरंगाले १(१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*