सुलेमानीलाई श्रद्धाञ्जली दिँदा रोए इरानका सर्वोच्च नेता

जनपत्र
२२ पुष २०७६, मंगलवार ०६:५५

इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता खामेनी आफैं रोएका थिए । खामेनी रोइरहँदा त्यहाँ उर्लिएका हज्जारौ० जनाको भीड शोकमा डुबेको देखिन्थ्यो ।

श्रद्धाञ्जलीसभामा लाखौं इरानी सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । हज्जारौं युवायुवतीहरुको उपस्थिति रहेको सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध नारा लेखिएका ब्यानरहरु बोकेका थिए । एउटा ब्यानरमा लेखिएको थियो, ‘कासिमको जुत्ताको मूल्य ट्रम्पको टाउकोको मूल्य भन्दा बढी हो।’ सडकमा युवा र वृद्धहरू ठूलो संख्यामा उपस्थित थिए भने महिलाहरु कालो पोशाकमा उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*