जवाहरलाल विश्वविद्यालयमा हिंसात्मक झडप, नकाबधारी समूहले विद्यार्थी कुटे, थुप्रै घाइते

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:२९

भारतको राजधानी दिल्लीको प्रसिद्ध जवाहरलाल विश्वविद्यालय परिसर आइतबार साँझदेखि मध्यरातसम्म तनावग्रस्त रह्यो। केहि मुकुण्डोधारी आक्रमणकारीहरु प्रवेश गरी त्यहाँका प्राध्यापक, विद्यार्थी नेता, अन्य विद्यार्थीलगायतमाथि सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाएपछि विश्वविद्यालय परिसर तनावग्रस्त भएको हो।

त्यहाँको विद्यार्थी युनियनले सो संगठनका अध्यक्ष आयसे घोससहित कैयौं गम्भिर घाइते भएको जनाएको छ। युनियनले भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संघ एबीभीपी आवद्ध व्यक्तिहरु मुकुण्डो लगाएर, लाठी लगायतले आक्रमण गरेको आरोप लगाएको छ। उनीहरुले कुटपीट र त्यहाँ रहेका कार, भवन लगायतमा तोडभोड समेत गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विद्यार्थीहरुले सरकारले आक्रमणकारीलाई संरक्षण गरेको आरोप लगाएका छन्। आक्रमणमा परि रक्ताम्मे भएकी घोसलाई देखाइएको भिडियो सामाजिक सञ्जालमा रातिसम्म भाइरल भइसकेको थियो।

राती अबेरसम्म पनि अवस्था शान्त नभएपछि दिल्ली ट्राफिक पुलिसले ट्राफिक एलर्ट जारी गर्दै विकास मार्गमा प्रदर्शन जारी रहेकाले सो मार्गमा आवागमन बन्द गरिएको र अरु बाटो रोज्न आग्रह गर्दै ट्विटरमा सूचना जारी गरेको थियो। अवस्था मध्यरातसम्म शान्त भएको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*