मध्यरातमा होहल्ला गर्ने घुमुवा प्रहरी हवल्दार पक्राउ
मदिरा सेवन गरि मध्यरातमा होहल्ला गर्दै सर्वसाधारणलाई आतंकित तुल्याउने एक प्रहरी हवल्दार पक्राउ परेका छन् । प्रहरी हवल्दार चेतबहादुर विकले मदिरा सेवन गरि होहल्ला गरेपछि पक्राउ परेका हुन् । उनी दाङ देउखुरी जिल्ला अदालतमा फरार प्रतिवादी पक्राउ गर्न भनि खटिएका प्रहरी हवल्दार हुन ।
पक्राउ गरिएका हवल्दार उपर विभागीय कारवाही गर्ने जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकरी दिए ।







