हेटौंडाका विद्यालयका भान्सा फोहोर

जनपत्र
१५ पुष २०७६, मंगलवार १६:५६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा निजी बिद्यालयका क्यान्टीन फोहोर रहेको पाइएको छ । पमहानगरपालिकाका खाद्य निरीक्षकले निरीक्षण गर्ने क्रममा यहाँका धेरै विद्यालयका भान्सा फोहोर रहेको पाइएको हो । हेटौंडा ५ को उज्वल शिसु निकेतन, प्रगती मावि हेटौंडा ९, ज्योती मावि हेटौंडा १४, आधुनीक राष्ट्रिय माविको भान्सामा फोहोर देखिएको छ ।

विद्यालयको क्यान्टीनमा सरसफाई गर्न र जंकफुड नराख्नका लागि यसअघि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्देशन दिनुभएको छ । फेरी पनि त्यस्तो पाइएमा कार्बाहीको दायरामा ल्याइने मेयर महतले वताउनुभयो । विद्यार्थीले खाने खाजामा सफाइ गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*