दिल्लीमा लन्डन बिर्साउने चिसो ? ११८ वर्षपछिकै बढी चिसो
भारतको राजधानी नयाँ दिल्लीमा चिसो निकै बढेको छ । यसपालिको डिसेम्बर महिना विगत ११८ वर्षपछिकै सबैभन्दा चिसो डिसेम्बर हुने अवस्था आएको बीबीसीको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
सो रिपोर्टमा नयाँ दिल्लीको चिसो बेलायतको राजधानी लण्डनलाई पनि बिर्साउने खालको भएको जनाइएको छ । लन्डनमा न्यूनतम तापक्रम ६ डिग्री र दिल्लीमा २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । शनिबार दिल्लीमा २।४ डिग्री सेल्सियस रहेको थियो । अघिल्लो दिन शुक्रबार ४।२ डिग्री रहेको थियो ।
हुस्सु र कुहिरोका कारण बिमानको उडान समेत शनिबार प्रभावित भएको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतको मौसम विभागका अनुसार यो डिसेम्बरको महिना सन् १९०१ पछिको दोस्रो चिसो डिसेम्बर हुने अवस्था रहेको छ । ‘एजेन्सी’






