भारतीय सेनाले जवाफी कार्वाहीमा मर्यो विपक्षी चार सेना

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:०९

पाकिस्तानले लगातार जम्मू–कश्मीरमा नियन्त्रण रेखा ९एलओसी० मा संघर्षविरामको उल्लंघन गर्दै फेरि गोलीबारी गरेको छ । बिहीबार राति भएको उल्लंघनपछि राजौरी क्षेत्रमा भएको गोलीबारीपछि भारतीय सेनाले जवाफी कार्वाहीमा चार जना पाकिस्तानी सेनालाई मारेको जनाएको छ ।

पाकिस्तानी सरकारले बुधबार भारतको गोलीबारीमा पीओकेको देवा सेक्टरमा आफ्ना दुई सेनाको मृत्यु भएको स्वीकारेको थियो । यो कार्वाही उरी क्षेत्रमा संघर्ष विराम उल्लंघन पछि भएको थियो । जहाँ एक सेनाका सुवेदा र एक महिलाको मृत्यु भएको थियो ।

भारतको केन्द्र सरकारले ५ अगष्टमा जम्मू–कश्मीरमा अनुच्छेद ३७० निष्प्रभावी बनाएपछि पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गर्दै आएको छ । अगष्ट ५ बढी पाकिस्तानका तर्फबाट घटना बढ्दै गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*