मकवानपुरमा स्थानीय तहस्तर फुटसल हुने

जनपत्र
१० पुष २०७६, बिहीबार ०६:३८

हेटौंडाः मकवानपुरका सबै १० वटा स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि फुटसल प्रतियोगिता हुने भएको छ । शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा आयोजक सहित ११ वटा टिमको सहभागितामा पुस २८ गते देखि प्रतियोगिता हुन लागेको हो ।

मकवानपुर गढी गाउँपालिकाको भानुपिच फुटसलमा हुने प्रतियोगिताको विजेताले एकलाख, दोस्रो हुने टिमले ५० हजार, म्यान आफ द म्याच हुने खेलाडी, प्रतियोगिताको उत्ृकष्ट खेलाडी, गोल रक्षक, स्ट्राईकरलाई समेत पुरस्कारको व्यवस्था रहेको प्रतियोगिताका संयोजक भीम पाख्रिनले जानकारी दिए । ३ लाख खर्च अनुमान गरेको उक्त प्रतियोगितामा पर्यटन वर्ष लक्षित गरेर मकवानपुरका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार समेत गरिने पाख्रिनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*