२० वर्षे युवक ६ महिनादेखि अस्पतालमा बन्धक !

जनपत्र
९ पुष २०७६, बुधबार ०६:५१

२० वर्षका जीवन भुजेलको गत भदौमा आमाको मृत्यु भएको एक वर्ष पुग्यो । एक महिनाअघि दाजुको मृत्यु भयो । तर बिडम्बना न उनी आमाको बर्खान्तमा पुग्न पाए न दाजुको दाहसंस्कारमा । ६ महिनाअघि भएको अकल्पनीय घटनाले उनलाई विराट नर्सिङहोम ९विराटनगर अस्पताल० मा बन्धक बनेर बस्न बाध्य बनाएको छ ।

संखुवासभाको खादबारी नगरपालिका– १० घर भएका जीवनको दैनिकी जसोतसो चलेकै थियो । बुबा गाउँमा सानो तिनो काम गर्थे । उनी पनि मजदुरी गर्थे । जीवन गत असार ५ गते भोजपुर षडानन्द गाउँपालिकाको मझुवाबेसीमा इखुवा खोला जललविद्युत आयोजनामा काम गर्न पुगे । त्यसै क्रममा साथीहरुबीच भएको झगडा छुट्याउन गएका उनलाई पछाडिबाट कसैले टाउकोमा रडले हान्यो । फर्केर हेर्दा फेरि रडले घाटीमा हान्यो ।

त्यसपछिको अवस्था उनलाई याद छैन । होसमा आउँदा उनी विराट नर्सिङहोमको आईसीयूमा थिए । ‘घोपामा ल्याउदा उपचार सम्भव नभएपछि यहाँ ल्याएको रे ।’ हातले इसारा गर्दै भने ‘यहाँ बसेको ७ महिना भयो ।’ घाँटीमा गहिरो चोट लागेका कारण चिकित्सकले बोल्न नमिल्ने बताएका छन् । सास फेर्नका लागि घाँटीबाट पाइप हालिएको छ । कसैले प्रश्न गरे हातको इसारा र लेखेर जवाफ दिन्छन् । जीवनलाई उपचारका लागि बुबा गणेशले विराटनगर ल्याएका थिए । उपचार खर्च नभएपछि उनी पनि सम्पर्कविहीन भएका छन् ।

अस्पतालका अनुसार जीवनको उपचार खर्च साढे तीन लाख भन्दा बढी छ । तर विपन्न परिवारका युवक जीवनले तिर्न सक्ने अवस्था छैन । मजदुरी गर्ने बुबा पनि सम्पर्कविहीन भएपछि अस्पतालमा नै बसिरहेका छन् । पाँचौ तलाको सर्जिकल वार्डमा रहेका उनले इसाराले भने ‘यहाँबाट तल जान दिदैनन् ।’ अस्पतालले पनि उनको निगरानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ । अनलाईन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*