क्युबामा ४० वर्षपछि प्रधानमन्त्री पद फिर्ता, मारेरो नयाँ प्रधानमन्त्री

जनपत्र
६ पुष २०७६, आईतवार ०७:३९

क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले करिब ४० वर्षपछि पहिलो पटक देशमा प्रधानमन्त्री नियुक्त गरेका छन् । पर्यटन मन्त्री मानुएल मारेरो क्रुजलाई सो पदमा नियुक्त गरिएको हो । तत्कालीन क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद सन् १९७६ मा हटाएका थिए ।
कम्युनिस्ट शासित क्युबामा यसवर्षको शुरुमा ल्याइएको संविधानमा प्रधानमन्त्रीको व्यवस्था गरिएको छ ।

५६ वर्षीय नयाँ प्रधानमन्त्रीले राष्ट्रपतिले प्रयोग गर्दै आएका कतिपय अधिकार लिनेछन् । क्युबामा क्युबन कम्युनिस्ट पार्टी र सेना नै मुख्य निर्णायक भएको र अरु कुराको खासै अर्थ नभएको आलोचकहरुले बताउँदै आएका छन् ।

मारेरोलाई प्रधानमन्त्री पदमा नेशनल एसेम्बलीले शनिबार सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । उनलाई सन २००४मा क्यास्ट्रोले नै पहिलोपटक पर्यटन मन्त्री बनाएका थिए । सन् १९५९ मा कम्युनिस्ट पार्टीले क्युबाको सत्ता लिएपछि क्यास्ट्रोले आफैंलाई प्रधानमन्त्री तोकेका थिए ।

त्यसपछि उनले सन् १९७६मा सो पद हटाएर आफूलाई कम्युनिस्ट पार्टीको प्रमुख र राष्ट्र प्रमुख घोषणा गरेका थिए । ‘बीबीसी’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*