सरकारी जग्गामा यति समुहको यस्तो रजाईं

जनपत्र
५ पुष २०७६, शनिबार ०६:२८

नेपाल ट्रस्ट मातहतमा रहेको गोकर्ण रिसोर्ट र जंगल आगामी २५ वर्षको लागि कम मुल्यमा लिजमा दिएपछि अहिले सरकारको आलोचना सामाजिक संजालमा चर्किएको छ । कौडिको भाउमा मन्त्रिपरिषदले गोकर्ण रिसोर्ट र जंगल यति समूहलाई दिएको चर्चा नसेलाउदै अर्को सरकारी जग्गा सस्तोमा दिईएको समाचार अहिले चर्चामा रहेको छ ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यति समूहलाई ६ अर्ब १७ करोड रुपैयाँ सरकारलाई दिनेगरि लिजमा दिईएको थियो तर अहिलेको सम्झौता अनुसार १ अर्ब ४० करोड मात्र दिए पुग्ने देखिन्छ । कान्तिपुर दैनिकमा पुष ४ गते प्रकाशित समाचारका अनुसार ६ अर्ब १७ करोड रुपैयाँमा भवन बनाएर ३० वर्ष सम्म संचालन गर्ने प्रस्ताव थामसेर्कुले संस्थाले गरेको थियो तर त्यस अनुसार सम्झौता नभए पश्चात वार्षिक ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने देखिएको छ । थामसेर्कुले यति समूह मातहतको संस्था हो ।

०७१ साउन २८ गते दरबार मार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिनेगरि नेपाल ट्रस्टको संचालक समिति बैठकले निर्णय गरेपछि बोलपत्र आवहान गरिएको थियो । उक्त आवहान पश्चात ६ कम्पनी बिचको प्रतिस्पर्धामा थामसेर्कुले संस्थालाई स्वीकृति दिईएको थियो ।थामसेर्कुले ट्रस्ट कार्यालयमा बुझाएको प्रस्तावको अनुसार ३० वर्षमा थामसेर्कुले संस्थाले ६ अर्ब २६ करोड ३१ लाख ३२ हजार ३ सय ७० रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउने भनिएको छ तर ट्रस्टका उच्च अधिकारीहरुसंगको मिलेमतोमा थामसेर्कुले संग ३० वर्षको अवधिमा १ अर्ब ४० करोड १० लाख मात्र बुझाउनु पर्ने सम्झौता गरिएको देखियो । नेपाल ट्रस्टको कार्यालयको निर्णय अनुसार राज्यकोषमा वार्षिक साढे १८ करोड नोक्सानी हुने देखियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*