माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने निश्चित

माथिल्लो कर्णाली आयोजनाको बिजुली बंगलादेशले किन्ने सुनिश्चित भएको छ । बंगलादेशको सार्वजनिक खरिद सम्बन्धी क्याबिनेट कमिटी ९सीसीपीपी० ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको उर्जा विकास बोर्ड ९बीपीडीबी० लाई सहमति दिएको हो ।
माथिल्लो कर्णालीको निर्माण भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ ‘जीएमआर’ ले गर्ने जिम्मा पाएको छ । आयोजनाको निर्माणपछि उसले ५ सय मेगावाट बिजुली भारतको एनटीपीसी विद्युत निगम ९एनभीभीएन० मार्फत बंगलादेशमा बिक्री गर्ने छ । यसका लागि प्रतियुनिट ७।७१७२ सेन्ट खरिद दर तोकिएको छ ।
जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्ने बंगलादेशी सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । यसका लागि बंगलादेशले करिब ३८ हजार १६० करोड टाका अर्थात् ५१ खर्ब १३ अर्ब ४५ करोड रूपैयाँ बराबर खर्च गर्नेछ । बिजुली खरिदबारे एनभीभीएन र बीपीडीबीबीच सम्झौता हुन बाँकी छ ।