पाँचौ हेटौंडा भेट्रान्सकप एट ए साइड राष्ट्रिय फूटवल प्रतियोगिता सुरु

जनपत्र
२ पुष २०७६, बुधबार १६:१४

हेटौंडा । पाँचौ हेटौंडा भेट्रान्सकप एट ए साइड राष्ट्रिय फूटवल प्रतियोगिता आजबाट हेटौंडामा सुरु भएको छ । फुटवलको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खेलक्षेत्रलाई आफुले प्राथमिकता दिएको वताउनुभयो ।

हेटौंडामा आफु मेयर वनेर आएपछी खेलक्षेत्रले प्राथमिकता पाएको उहाँले वताउनुभयो । कार्यपालिकाको वैठकमा पनि खेलक्षेत्रको कुनै एजेण्डा आउँदा सवैले साथ दिने गरेको मेयर महतले वताउनुभयो । खेलबाट सवैलाई स्वस्थ राख्नका लागि सहयोग गर्ने मेयर महतले वताउनुभयो । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

आजबाट हेटौँडामा सुरु भएको हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब विजयी भएको छ ।

हेटौँडा–४ हुप्रामा भएको खेलमा सिमरा भेट्रान्सलाई २–० को गोल अन्तरले पराजित गर्दै अमर सिंह युवा क्लबले विजयी सुरुवात गरेको हो ।

खेलको ७ औं मिनेटमा विजय गुरुङले पहिलो गोल गर्दै अमरलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको २४ औ मिनेटमा हरि लामाले गोल गर्दै अमरको अग्रता दोब्बर बनाए ।

हेटौंडा भेट्रान्स क्लबको आयोजना, हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजन तथा हेटौंडा उपमहानगरपालिका र स्वर्ण भण्डारको सह–प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा हेटौंडा भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो, सानो गौचरण नाईट किङ्ग क्लब, टुसाल भेट्रान्स, बौद्ध, भनिमण्डल भेट्रान्स, बगर भाइ खलक सुपर भेट्रान्स, अमर सिंह युवा क्लब, विरगंज युथ एकेडेमी, चितवन भेट्रान्स निलो, सिमरा भेट्रान्स, कोल्बी भेट्रान्स, कैलाली भेट्रान्स, जोरपाटी भेट्रान्स, बगर भाई क्लब, चितवन भेट्रान्स निलो र बानेश्वर फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*