अमेरिकामा पहिलोपटक अस्पतलामा भन्दा घरमा मृत्यु हुनेको सङ्ख्या वृद्धि

जनपत्र
३० मंसिर २०७६, सोमबार ०६:२७

सन् १९०० को दशकपछि पहिलोपटक अमेरिकामा अस्पतालमा नभइ घरमा मर्नेहरुको सङ्ख्या धेरै भएको छ । यसरी पछिल्लो समय घरैबाट स्वास्थ्य सेवा प्राप्त गरि घरमै मर्न चाहने मानिसहरु बढेका छन् । यस्तोमा नर्सिङ होम र अस्पतालमा हरुमा मृत्युको सङ्ख्या घटेको बुधबार सार्वजानिक न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा रिपोर्ट गरिएको छ ।

यसबारे बोस्टन स्वास्थ्य प्रणालीका डाक्टर हेइदर वारेन्च भन्छन्, “यो वास्तवमा राम्रो खबर हो । किनकी पछिल्लो दशक मृत्यु प्राकृतिक नभइ अत्याधिक चिकित्सकीय बन्दै गएको थियो । तर यो खबरले सो चलन बिस्तारै कम हुँदै गएको देखाउँछ । ” आफ्ना ८३ वर्षीय पितालाई घरमै अन्त्य दिलाउन सकेकाप्रति बेट्सी मेकनेयरले गर्व महसुस गरेको बताएकी हुन् जो हाल मेक्सिकोमा बस्छिन् । उनका पितालाई मृत्युको ६ हप्ता अगाडि मात्र फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । उनी भन्छिन्, “मैले उनको इच्छा राम्ररी पूरा गर्न सकेँ । उहाँलाई जे खान मन थियो त्यही दिएँ । उनलाई हामीले घरैबाट उच्चस्तरीय सेवा प्रदान गर्यौँ । ”

यसरी वारिआच र ड्युक युनिभर्सिटीले २००३ र २०१७ का बीचका सरकारी स्वास्थ्य तथ्याङ्क संकलन गरि सो रिपोर्ट तयार पारेका हुन् । जसमा अस्पतालमा मृत्यु हुने दर ४० प्रतिशतबाट घटेर ३० प्रतिशत पुगेको हो । यसमा व्यक्तिको रोग र अवस्थाका आधारमा तिनको मृत्यु स्थल तय रहेको पाइएको छ । यसरी प्राकृतिक रुपमा घरमा मृत्यु हुनु र अस्पतालमा मृत्यु हुँदाका अनुभव परिवारका लागि पनि धेरै फरक हुने गरेको पाइएको हो । यसरी धेरै भन्दा धेरै मानिसहरु अहिले आफ्नो अन्तिम समय घरमा बिताउन चाहिरहेका छन् । वारेइच भन्छन्, “मैले धेरै त्यस्ता बिरामी भेटेको छु जो केबल एक दिन भएपनि आफ्नो घरमा, आफ्नो ओछ्यानमा बताएर घरमा आफैँले पकाएर खान चाहन्छन् । मान्छेको आयु लामो नभएपनि प्रायः मानिसहरु दिर्गकालीन रोगका कारण लामो समय अस्पताल बस्न बाध्य भइरहेका छन् । ” एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*