मिस नेपाल अनुष्काले मिस वर्ल्ड २०१९ मा जितिन् मल्टीमिडिया अवार्ड

जनपत्र
२७ मंसिर २०७६, शुक्रबार ०६:२३

मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।

यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ । मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् ।  साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् । विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वर्ल्ड २०१९ मा सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*