महिला र बालबालिकाको मानव अधिकार हनन बढ्यो

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०८:१४

हेेेटौडा । महिला र बालबालिकाको मानव अधिकार  हनन क्रम बढिरहेको बताईएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा आज हेटौंडामा यस्तो  समिक्षा गरिएको हो ।

गैसस महासंघ केन्द्रिय सदस्य तथा प्रदेश ३ इन्चार्ज बुद्ध शरण लामाले रिबन काटेर र्‍यालिको उद्घाटन गरेका थिए ।

कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश प्रमुख कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समाबेश भएका सवालहरु नि:सर्त लागुहुनुपर्ने बताए । उनले नागरिक समाज र सरकार संग सहकार्य तथा खबरदारी गर्न इन्सेक सदा तयार रहेको बताए । महिला बालबालिकाको मानव अधिकार बढी हनन हुन थालेको र दण्डहीनता अन्त्य पहिलो माग रहेको गौतमले बताए । नगरिकको सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने गौतमले बताए ।

कार्यक्रम सन्चारिका समूह प्रदेश ३ अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहालले लैङ्गिक हिंसा मुक्त भन्नुनै मानव अधिकार प्रत्याभूतको अवस्था भएको बताइन् । मानव अधिकार प्रत्याभूतको लागि आमसन्चारबाट गर्नुपर्ने सबैकाममा पत्रकारहरुको ऐक्यबद्धता रहेको दाहालले बताइन् ।

गैसस प्रदेश ३ अध्यक्ष दामोदर अर्यालले अझैसम्म मानव अधिकारको सवाल चुनौतीपूर्ण रहेको बताए । संबिधानले प्रदत्त गरेको अधिकार पनि नागरिकको पहुँच नपुगेको अध्यक्ष अर्याल बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*