कालापानी विषय सुरुमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् ।
प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गरे ।
सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको उनले बताए ।