सभापति देउवाको अभिव्यक्ति बारे गम्भीर समिक्षा गर्न जरुरी छ : गगन थापा

जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०६:२८

नेपाली कांग्रेसका नेता गगन थापाले उपनिर्वाचनको मतपरिणाम सुखद रह्यो तर सोचे अनुरुप भने आउन नसकेको बताएका छन् । यस पटकको मत परिणामले अर्को चुनावको लागी समिक्षा गर्न सहयोग गर्ने देखिएको नेता थापाले उल्लेख गरेका छन् ।एभिन्युज टेलिभिजनसंग कुराकानीका क्रममा गगन थापाले चुनावको प्रचार प्रसारमा सभापति शेरबहादुर देउवाको अभिव्यक्तिलाई लिएर आफ्नो धारणा व्यक्त गरेका छन् । गगनका अनुसार सभापतिको अभिव्यक्ति माथि पार्टीले समिक्षा गर्न जरुरी रहेको बताए । गगन थापाले उक्त अभिव्यक्तिले कांग्रेस पनि कमन्युष्टको प्रचार बाजी बाटोमा हिंडेकोले समिक्षा गर्न जरुरी भएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस सरकारको साथमा छ र सिमानाको विषयमा सरकारले पछि नहटी भारतसंग छलफल गरेर आफ्नो भू(भाग सुरक्षित गरोस् । सरकारको यो यात्रामा कांग्रेस सधै साथ छ । हाम्रो यो भनाई हो जुन हाम्रो तर्फबाट ठिक छ तर सायद हाम्रो अभिव्यक्ती गर्ने तरिका जनतालाई मन परेन होला र यस बारेमा पार्टी भित्र समिक्षा गर्न जरुरी छू, गगनले भने, ूएक समयमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभापति शेरबहादुर देउवालाई सद्दाम हुसेन समेत भन्नु भएको थियो र अहिले हामी प्रधानमन्त्रीसंग लड्दै गर्दा त्यस्तै हुने कोशिस गर्यौ जुन हाम्रो पार्टीका लागि सहि नहुने रहेछ ।ू

गगन थापाले कांग्रेसको आगामी अधिवेशनमा महामंत्रीको लागी उम्मेद्द्वार दिने तयारी रहेको बताए । सभापतिको लागि अहिले आफु तयार नभएको तर अहिलेको कांग्रेसको नेतृत्वलाई आमुल परिवर्तन गर्ने तर्फ जोड दिने बताएका छन् । आफु महामंत्रीको दाबेदार भएकाले गर्दा अहिले महामंत्री पदमा आफ्नो उम्मेद्द्वारी दिने र कांग्रेसलाई संगठित रुपमा अगाडी लान सक्ने उमेद्द्वारलाई सभापतिको लागि साथ दिने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*