पार्टीले टिकट दिएन, स्वतन्त्र उम्मेदवारी दिएर जिते भिमेशले वडाध्यक्ष

जनपत्र
१६ मंसिर २०७६, सोमबार ०६:०४

प्युठानमा स्थानीय तहका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाको केन्द्रीय तहको समीकरण तोड्दै स्वतन्त्र उम्मेदवार भिमेश घर्तीमगर विजयी हुनुभएको छ । घर्तीमगर स्वतन्त्रबाट विजयी भए पनि उहाँ नेकपाकै कार्यकर्ता हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा उठ्नुभएको हो ।

नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेपछि आक्रोशित बन्नुभएका ऐरावती गाउँपालिका(२, नेपानेका भिमेशकुमार घर्तीमगरले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको थियो । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय उल्लंघन गर्दै उहाँ चुनावी प्रचारमा लाग्नुभएको थियो ।

तर केन्द्रीय कमिटीको निर्णय नमान्दै जिल्ला कमिटीले भने भिमेशलाई नै सघाएको थियो । प्रतिस्पर्धी राजमोका भक्त बहादुर विकलाई उहाँले ३ सय ५१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेका भूपाल जिसीले भने ३ सय ५६ मत ल्याउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*