चितवनको तीनवटै वडामा कांग्रेस विजयी

जनपत्र
१५ मंसिर २०७६, आईतवार ०६:५०

पनिर्वाचन भएका अन्य जिल्लामा सन्तोषजनक परिणाम ल्याउँदा सत्तारूढ नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा हार बेहोर्नुपरेको छ । खैरहनी नगरपालिकाका दुई वटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा नेकपाले हार बेहो¥यो ।

रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली काङ्ग्रेसका उमेदवार
अमृतराज हमाल निर्वाचित भएका छन् । चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरमा पराजित गरिन् ।

खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*