रामेछाप उमाकुण्ड –५ मा नेकपा दोब्बर मतले विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन्।
उनले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्। ११ सय ७३ मतमध्ये बस्नेतले ७६९ मत ल्याएका र उनका प्रतिद्वन्द्वी सुनुवारले ३८० मत प्राप्त गरेकी निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिए।