नेपाल एयरलाइन्सका जहाजमा भिजिट नेपालको लोगो हुने

नेपाल एयरलाइन्सले आफ्ना जहाज तथा सवारीसाधानमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राख्ने भएको छ। एयरलाइन्स सञ्चालक समितिले आफ्नो स्वामित्वमा भएका सबै जहाज तथा सवारिमा लोगो राख्ने निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।
भ्रमण वर्ष प्रबर्द्धन हुनेगरी यो काम गर्न लागिएको उनले जानकरी दिए। एयरलाइन्सले सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट प्रबर्द्धन गर्ने तथा पर्यकटीय सेवालाई सहज पार्ने निर्णय समेत गरेको छ।