विप्लव समूहका १६५ जना सत्तारुढ नेकपा प्रवेश

जनपत्र
९ मंसिर २०७६, सोमबार ०६:५०

उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकमा आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा चन्द समूहका युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेकपा प्रवेश गर्नेमा चाँगुनारायण इञ्जिनियरीङ कलेजका २१ इञ्जिनीयरसहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ तरुण युवा, नेपाली काँग्रेसका सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।

त्यसैगरी नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातिकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना रहेको नेकपा अध्यक्ष बचन देउजाले जानकारी दिए । त्यस्तै राप्रपा युवक सङ्गठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्णभक्त लागेजूसहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।

चन्द समूहको भ्रातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चाँगुनारायण नगरपालिकाका विभिन्न वडा, मध्यपुरथिमिका र मोरङ जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठासहित १६५ जनाले विप्लव समूह त्यागेर नेकपा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*