तीब्बत-नेपाल ट्रेड फेयर नेपालमा हुने

जनपत्र
९ मंसिर २०७६, सोमबार ०६:४६

नोभेम्बर २५ देखि २८ सम्म काठमाडौंमा नेपाल तीब्बत ट्रेड फेयर हुने भएको छ। चिनियाँ वाणिज्य मन्त्रालयको ट्रेड डेभलेपमेन्ट ब्यूरो तथा तिव्वत बोर्डर ट्रेड चेम्बरको आयोजनामा उक्त फेयर हुने भएको हो। काठमाडौंको वर्ल्ड ट्रेड सेन्टरमा हुने उक्त मेलामा नेपाल चीन उद्योग वाणिज्य संघको संयोजन हुने छ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलाको प्रमुख उद्देश्य नेपाल तथा तिव्वत वीचको सदियौं पुरानो आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ मजवुत बनाउने रहेको बताए। उक्त फेयरमा ५० भन्दा बढी चिनियाँ ब्यापारीले खाद्य पदार्थ, पेय पदार्थ, जडिबुटी, साइकल, मेसिनरी, कस्मेटिक लगायतका सामाग्री प्रदर्शनीमा राख्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*