एउटा अभियुक्तको खुलेआम मान्छे मार्ने धम्की (भिडियोसहित)

रौतहट बमकाण्डको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद महमद अफ्ताव आलमले जिल्लामा आगो लगाउने धम्की दिएपछि चौतर्फी चर्चा र विरोध भइरहेको छ । दुई मिनेट १८ सेकेण्डको भिडियोमा पुर्पक्षका लागि जेल चलान गर्ने जिल्ला अदालतको आदेशपछि आक्रोशित भएका आलमले प्रहरीकै सामुन्ने अशान्ति फैल्याउने र प्रहरीलाई नै हत्कडी लगाउने चेतावनी दिएका छन् ।
ललितपुरको नख्खु कारागारमा ल्याउनुअघि आलमले आफनो बिरुद्धमा लाग्नेलाई मार्नेसम्मको धम्की दिएका छन् । १२ वर्षअघिको रौतहट बमकाण्डमा संलग्नको अभियोगमा गत असोज २६ गते पक्राउ परेका आलमले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा लैजाने क्रममा पनि धम्की दिएका थिए ।
हेर्नुहोस् भिडियो :
https://www.youtube.com/watch?v=-RvFq29QeDI