हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

हेटौंडा । बाल क्लवद्वारा देउसी भैलोको रकम आश्रमलाई सहयोग गरेका छन् । जनप्रिय मावि दिव्य सेवा बाल क्लबले देउसी भैलो वाट संकलन भएको ९४ हजार १८५ रुपैयाँ दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थलको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कोषमा वृद्धवृद्धाको उपचारको लागि सहयोग गरेका छन् ।
बाल क्लबकी अध्यक्ष सलिना श्रेष्ठले आज आयोजित अभिभावक तथा कलाकार सम्मान कार्यक्रममा निकेतनकी प्रमुख संरक्षिका सुनिता बाइजीलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि निकेतनका प्रमुख सल्हाकार पूर्व सांसद केदार न्यौपानेले विद्यार्थीहरुबाट वृद्धबृद्धाहरु प्रति सेवा र समर्पणको अनुकरणीय उदाहरण प्रस्तुत गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
देउसी भैलो कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरुलाई संयुक्त रुपमा सम्मान प्रमाण पत्र र खादा ओडाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा निकेतनका मकवानपुर अध्यक्ष चम्फु सिंह वाईवा उपाध्यक्ष यादव गजुरेल कोषाध्यक्ष रिता न्यौपाने सचिव अर्जुन पोखरेल जनप्रिय मावि शिक्षक अभिभावक संघका अध्यक्ष वीर बहादुर विक सहायक प्रधानाध्यापक राम आशिष मण्डल शिक्षक निर बहादुर खड्का निकेतका जिल्ला सदस्यहरु युक्तलाल विक ,विष्णु वाग्ले, शुभ लक्ष्मी वाइबा , शान्ति बज्यु लगायतका को उपस्थिति रहेको थियो ।कार्यक्रममा बाल क्लबका विद्यार्थी अभिभावक र वृद्ध वृद्धाको उलेख्य सहभागिता रहेको थियो ।