बग्दादीको मृत्युपछि आइसिसले घोषणा गर्‍यो नयाँ नेता

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०६:५०

इस्लामिक स्टेट ९आइसिस०ले नयाँ नेता चुनेको छ। गत शनिबार आइसिस प्रमुख अबु बकर अल–बग्दादी अमेरिकी कमान्डोहरूद्वारा मारिएपछि आतंकवादी समूहले नयाँ नेताका रूपमा अबु इब्राहिम अल हाशिमी-अल-कुरेशीको नाम सार्वजनिक गरेको हो।

वासिङटन पोस्टका अनुसार समूहले आफ्नो च्यानल अल फुर्कानु मार्फत् सात मिनेटको अडियो प्रसारण गरी यो सूचना दिएको हो। सन्देशमा समूहले बग्दादी र आफ्ना पूर्व प्रवक्ता अबु-हसन अल-मुहाजिर पनि मारिएको स्वीकारेको छ।

साथै नयाँ प्रवक्ताका रूपमा अबु हम्जा अल-कुरेशीले अडियोमा बोलेका छन्। अल-मुहाजिर पनि बग्दादी मारिएको केही घन्टापछि अमेरिकी सेनाद्वारा नै मारिएका थिए।

आइसिस प्रमुख बग्दादी संसारकै ुमोस्ट वान्टेडु व्यक्ति थिए। सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*