एक मधेश एक प्रदेश हुन सक्दैन : उपसभापति गच्छदार

जनपत्र
१० कार्तिक २०७६, आईतवार ०५:४३

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवं छठ पर्वको अवसरमा शनिबार आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

उनले भने, ुमभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सकिदैन ।ु थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी कांग्रेसमा लागि परेको उनको भनाइ थियो । उनले भने, ुकांग्रेसमा रहेर महँगी र भ्रष्टाचारलगायत विसङ्गति नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गरिरहेको छु ।ु

उपसभापति गच्छदारले युवा पुस्ताले पुराना पुस्ताको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए । ुदेश निर्माणमा युवा पुस्ता अनुशासित भएर अघि बढ्नुपर्छु, उनले भने । कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक संस्कार अङ्गाल्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले चाडपर्वले सबै नेपालीको कामना पूरा होस् भन्ने कामना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*