कास्की क्षेत्र नम्बर २ मा नेकपाकाे उम्मेदवार विद्या भट्टराई

जनपत्र
९ कार्तिक २०७६, शनिबार ०६:५९

कास्कीको क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले स्व.रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।

शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई पत्राचार गरेको थियो ।

पार्टीको जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मद उम्मेद्वारको रुपमा भट््टराईलाई सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।

क्षेत्र नम्वर २ बाटै विजयी बन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका स्व।रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा पत्नी भट्टराईलाई उम्मेद्वार बनाउन सिफारिस गरिएको नेकपा कास्कीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*