उम्मेदवार घोषणा गर्दै साझाले भन्यो : कास्कीबाट विजयको सन्देश दिन्छौं

मंसिर १४ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो, कास्की-२ । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले हृयाट्रिक मारेको यो निर्वाचन क्षेत्रमा उनको उत्तराअधिकारी को बन्ला रु दलहरुको आ(आफ्नै दाबी र तयारी छ ।
तर उम्मेदवारी घोषणा भने साझा पार्टी अगाडि भएको छ । अरु दलले उम्मेदवार छनोट गर्न नसकिरहेको बेला साझा पार्टीले रजनी केसीलाई उम्मेदवार चयन गरेको छ । र, उसको दाबी छ, चुनाव जित्छौं । ‘यो उपनिर्वाचनमा साझा पार्टीले कास्की २ बाट जित्छ । त्यही भएरै चुनावमा होकिएका छौं’ उम्मेदवार केसीको दाबी छ ।
२८ भदौमा नेपाली कांग्रेस परित्याग गरेर साझा पार्टीमा प्रवेश गरेसँगै रजनीलाई नै उम्मेदवारका रुपमा धेरैले लख काटेका थिए । पोखरामा बसेको साझा पार्टीको बैठकले त्यसलाई औपचारिकता दिएको छ ।