हेटौंडाको बाईपास सडक मर्मत गरिदै, मर्मत अवधिकालागि कर संकलन स्थगित

जनपत्र
४ कार्तिक २०७६, सोमबार १८:२१

हेटौंडा । हेटौंडा १० बाईपास सडक मर्मत गरिने भएको छ । सडक मर्मत समय अवधिभर कर संकलनको काम वन्द गरिने भएको छ । बाइपास सडक जिर्ण वनेकाले मर्मत गर्नका लागि आज राती १२ वजेबाट कर संकलनको काम वन्द गर्न लागिएको उपमहानगरपालिकाका राजस्व साखाका प्रमुख गंगा कुमारी चौलागाईले वताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको सडक पुर्वाधार मर्मत सम्भारका लागि सवारी साधनबाट लिदै आएको कर लिदै आएको थियो । बाईपास सडक मर्मत गर्नका लागि करिव १५ दिन लाग्ने अनुमान गरिएको छ । उपनगरपालिकाले सोमबार राति १२ बजे सम्म मात्र कर संकलन गर्न पाउने भन्दै मंगलबारबाट उक्त ढाटबाट उठाउदै आएको सडक पुर्वाधार मर्मत सम्भार कर उठाउन नपाउने हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक मेयर मिना कुमारी लामाले वताउनुभयो ।

उपमहानगरपालिकाले नाइस नेपाल कन्ट्रक्सन पोखरासंग २०७५ साउन ४ गतेबाट २०७६ कार्तिक ४ गतेसम्म कर संकलनका लागि गरिएको ठेक्का सम्झौता सकिएकोले तत्कालका लागि उक्त कर संकलन केन्द्रबाट सडक पुर्वाधार मर्मत सम्भारका लिदै आएको कर संकलन कार्यबन्द गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*