मकवानपुरको क्षेत्र नम्बर २ मा ६ वटा पक्की पुल निर्माण हुँदै

करिव एक अर्व रुपैयाँ लागतमा पक्की पुल निर्माण भएपछी ६ वटा स्थानीय तहका हजारौ नागरिक लाभान्वीत हुने छन् ।
जनपत्र
२८ आश्विन २०७६, मंगलवार १८:०१

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ मा मात्र चालु आर्थिक वर्षमा संघिय सरकारको लगानीमा ६ वटा ठुला पक्की पुल निर्माण गर्न लागिएको छ । संघिय सरकारले चालु आर्थिक वर्षको वजेट मार्फत ६ वटा पुल निर्माण गर्न लागेको हो ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा पक्की पुल निर्माण गर्न लागिएको हो । स्थानीय क्षेत्रमा खोला तर्नका लागि वषौअघि देखि समस्या झेल्दै आएका नागरिकको सहजताका लागि संघिय सरकारले चालु आर्थिक वर्षमा वजेट छुट्याएर पुल निर्माण गर्न लागेको हो । संघिय सरकारको करिव एक अर्व रुपैयाँ लागतमा पक्की पुल निर्माण भएपछी ६ वटा स्थानीय तहका हजारौ नागरिक लाभान्वीत हुने उहाँले वताउनुभयो ।

संघीय सरकारको लगानीमा साननानीटार र हाँडीखोला जोड्ने पक्की पुल निर्माण गर्न लागिएको छ । १७ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद खतिवडाले वताउनुभयो । पुल निर्माण भएपछी यस क्षेत्रका धेरै नागरिकका लागि सहजता हुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

पुल निर्माण गर्नका लागि ठेक्का लगाएर काम सुरु गर्न लागिएको छ । वषौदेखि पुल निर्माणका लागि पहल गरिएपनि यसमा कसैको पनि चासो नगएपछी अहिले भने यसका लागि रकम छुट्टीएर आएको अध्यक्ष उप्रेतीले वताउनु भयो । पुल निर्माण भएपछी हेटौंडा र मनहरी गाउँपालिकाका १५ सय भन्दा वढी परिवार लाभाव्वीत हुने उहाँले वताउनुभयो ।

मकवानपुरको राक्सीराङ गाउँपालिकाको सरिखेत, चुलीङखोला पुल निर्माणका लागि वजेट छुट्याएर टेण्डर गर्ने तयारी भएको छ । त्यसैगरी मकवानपुर गढी गाउँपालिकाको डुम्रेकुना र गढी जोड्ने पुल निर्माण गर्नका लागि टेण्डर गरेर काम थाल्ने तयारी भएको सांसद खतिवडाले वतााउनुभयो ।

मकवानपुरको थाहा नगरपालिकाको धर्तिखोलामा पुल निर्माण पनि यस वर्ष गरिने भएको छ । त्यस्तै थाहा नगरपालिकाको वडा नम्बर ५ तसारखोलामा पुल निर्माण गर्नका लागि संघीय सरकारले वजेट छुट्याएको छ । मकवानपुरको भिमफेदी, इपा–का्गटेको पक्कीपुल निर्माण गरिने भएको छ ।

छ वटा पुल निर्माण भएपछी मकवानपुरका ६ वटा स्थानीय तहका हजारौ नागरिकलाई वर्षायाममा खोला तर्नको समस्या हट्नुका साथै सवारीका साधन ओहोर दोहोर गर्नका लागि पनि सजिलो हुने भएको छ । यी पुल निर्माण गर्नका लागि संघिय सरकारको मन्त्रालयमा पहल गर्दै दवाव पनि दिएपछी मात्र वजेट पार्न सफल भएको सांसद खतिवडाले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*