मकवानपुरमा जसले दसैँमा छुट्टी पाएनन् !

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, अस्पतालका डाक्टर, पत्रकारले दशैमा पनि आफ्नै कार्यथलोमा व्यस्त छन् ।
जनपत्र
२१ आश्विन २०७६, मंगलवार ०८:४९

हेटौंडा । मकवानपुरका बिभीन्न कार्यालयमा कार्यरत धेरैको यो दशै खल्लो भएको छ । बिशेषगरी दशैमा पनि आफ्नो कार्यथलोमा रहनुपर्ने कर्मचारीहरुका लागि दशै निकै खल्लो हुने गरेको छ । मकवानपुरमा कार्यरत नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, अस्पतालका डाक्टर, पत्रकारले दशैमा पनि आफ्नै कार्यथलोमा व्यस्त छन् ।

उनीहरुका कार्यालयका केही कर्मचारी बिदामा गएपनि आफुहरु भने ड्युटीमा काम गर्नुपरेको वताएका छन् । हेटौंडाको पुरानो गोरख गँढका एक जना शैनिक अधिकृतले दशैमा आफन्तकहाँबाट टिका नलगाएको तीन वर्ष भयो । यो पटक पनि गढमा उहाँ ड्युटीमै हुनुहुन्छ । ओखलढुङ्गा घर भएका उहाँलाई घरमा जान मन भएपनि कार्यालय छोड्न नमिल्दा समस्या भएको छ । उहाँ जस्तै यही गढमा कार्यरत अरु चार सय जना सेना यो दशैमा घर जान पाएका छैनन् । अहिले पनि व्यारेकमा कार्यरत छन् ।

सात वर्ष देखि दशैमा आफन्तको हातबाट टिका लगाउन नपाउँदाको पीडा

जिल्ला प्रहरी कार्यालय मकवापनुरमा कार्यरत प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले पनि यसपाली पनि दशै बिदामा वस्न पाउनु भएन । बिगत सात वर्ष अगाढी देखि उहाँको दशै निकै खल्लो भएको छ । सर्लाही घर हुनु भएको प्रहरी उपरिक्षक सिंहले यस वर्ष प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआईजीको हातबाट टिका थाप्ने सोच वनाउनुभएको छ ।

उहाँ जस्तै अधिकांश प्रहरी यो दशैमा घरमा आफन्तकहाँ टिका लगाउन पाएनन् । अहिले पनि ड्युटीमै छन् । जिल्ला प्रहरीको इन्चार्ज भएपछी टिका थाप्न जान समस्या भएको उहाँ वताउनुहुन्छ ।

जिल्ला प्रहरीको नेपालीले आफ्नो महान पर्व दसैँ मनाइरहेका छन् आफन्तजन सबै एक ठाउँमा जम्मा भएर, मीठो मीठो परिकारको स्वाद लिएर तथा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिएर मनाइने दसैँ पर्वको छुट्टै महत्त्व छ ।

व्यक्तिअनुसार रमाइलो गर्ने तरिका फरक फरक हुन्छ । तर, कतिपय छुट्टी नमाउँदा कार्यक्षेत्रमै दसैँ मनाउन विवश हुन्छन् भने छुट्टी पाउने भने उत्साहित हुँदै आफ्नो थातथलोतिर लाग्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*