भीमफेदी सुमो दुर्घटनाः ४ जना मृतकको नाम खुल्यो, २ जनाको अझै बाँकी
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको बल्ल नाम ठेगाना खुलेको छ । अरु २ जनाको अझै सनाखत हुन बाँकी रहेको छ ।
हिजो साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
मृत्युहुनेहरुमा भारत बिहार राज्य पटना बस्ने ४२ वर्षिय रजनिस कुमार, हेटौडा उपमहाँनगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षकी सबिता लम्साल, हेटौडा –२ कान्तिराजपथ बस्ने २९ वर्षिय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराई बस्ने ५० वर्षिय अरबिन्द कुमारको बल्ल आज बिहान सम्म सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । अ
झै २ जना मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा अरु ३ जना गम्भिर घाइते भएका छन् । उनीहरुको हेटौंडामा उपचार हुन नसकेपछी भरतपुरमा रिफर गरिएको छ ।







