मालपोत कार्यालय मकवानपुरमा जिल्ला प्रशासन कार्यालयको आकस्मिक अनुगमन, १४ कर्मचारी अनुपस्थित
हेटौंडा । जिल्ला मालपोत कार्यालय मकवानपुरमा आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आकस्मिक रुपमा अनुगमन गरेको छ । कर्मचारी नहुँदा सेवाग्राहीहरुले समस्या बेहोर्नु परेको जनगुनासो आएपछी प्रशासनले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा १४ जना कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको र उनीहरुलाई नियम अनुसार कार्बाही गरिनेमकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए ।
मालपोत कार्यालयमा अधिकृत स्तरका कर्मचारी ३ जना, नासु स्तरका कर्मचारीहरु ४ जना, खरिदार स्तरका ४ जना र चालक १ गरी १४ जना कर्मचारी अनुपस्थित रहेका थिए । कार्यालयमा उपस्थित भएकाहरु पनि अधिकांशले पोशाक र परिचयपत्र नलगाएको पाइएको उनले बताए ।







